फक्ताङ्लुङद्वारा उत्कृष्ट बिधालय, शिक्षक र बिद्यार्थी सम्मान



एलिना दियाली
ताप्लेजुङ । जिल्लाको फक्ताङ्लुङ गाउँलालिकाले उत्कृष्ट बिधालय, शिक्षक र बिद्यार्थीलाई सम्मान गरेको छ । पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न योगदान पुर्याएका बिद्यालय,शिक्षक र बिद्यार्थीलाई हौसला प्रदान गर्नका लागि गाउँपालिकाले सम्मान गरेको हो ।

विद्यालय प्रशासन, सुशासन तथा शैक्षिक क्षेत्र लगायत कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्य गरेका चार बिधालयलाई सम्मान गरिएको छ । जस अन्तरगत सुनदेवी माध्यमिक विद्यालय,रानी आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय, सिवाँ माध्यमिक विद्यालयलाई प्रोत्साहन स्वरुप प्रसंशा पत्र र प्रोजेक्टर प्रदान गर्दै सम्मान गरिएको हो।

शैक्षणिक कौशल, पेशाप्रतिको लगनशिलता, अनुशासन तथा नियमितताका आधारमा १० शिक्षक एवं कर्मचारीलाई सम्मान गरिएको छ । जस अन्तरगत पार्वती माध्यमिक विद्यालय तापेथोकका योगेन्द्र दाहाल, सरस्वती च्यारिबुक माध्यमिक विद्यालय, लेलेप २ का छत्र बहादुर शाही र कल्पना अधिकारी राउत, महेन्द्र आधारभूत विद्यालय, ओलाङचुगोलाका डिक बहादुर खड्‌का, सरस्वती माध्यमिक विद्यालय, तापेथोकका शुशिला सुब्बा र सुधिर कुमार पासवान रहनु भएको छ ।

त्यस्तै सरस्वती च्यारिबुक माध्यमिक विद्यालय, लेलेपका राज कुमार लिम्बू,रबिकला माध्यमिक विद्यालय, सावादिनका काशीनाथ मण्डल,सिवाँ माध्यमिक विद्यालय, लिङखिमका निर्मला तामाङ र भिमा नेपाल साथै सोही बिधालयको कार्यालय सहयोगि बुद्धिमान श्रेष्ठ रहनु भएको छ ।

त्यस्तै गरि पालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीलाई समेत नगद सहित सम्मान गरेको छ । माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट नतिजा ल्याउने छ बिद्यार्थीलाई समान नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको छ । सम्मानित हुने बिद्यार्थीहरुमा २०७९ को एसईईमा ३।४० जि।पि।ए प्राप्त गर्ने सुनदेवी माविकि अर्चना राई र सोही बिधालयका ३।४० जि।पि।ए प्रापत गर्न सफल विश्व माबोहाङ रहनु भएको छ ।

त्यस्तै भर्खरै प्रकाशित २०८० को एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल पार्वती माध्यमिक विद्यालयका ३।२० जि।पि।ए प्राप्त गर्ने अर्जुन लिम्बु, समान २.८५ जि।पि।ए प्राप्त गर्ने सिँवा मावीका बिना लिम्बू, कोपिला तामाङ र निस्मा शेर्पा रहनु भएको छ ।

त्यस्तै कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल दुई बिद्यार्थीलाई समान १२ हजार नगद सहित सम्मान गरिएको छ । जसमा २।६० जि.पि.ए. प्राप्त गर्न सफल सिवा मावीका प्रबिन तामाङ,२.७२ जि.पि.ए. प्राप्त गर्न सफल सरस्वती च्यारिबुक माविकी रन्जिता लिम्बू रहनुभएको छ ।

तय्स्तै गरि कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई पनि नगद ८ हजार सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा सरस्वती मावी तापेथोकका ३.१४ जि।पि।ए। ल्याउन सफल नामसिंह ताप्मादेन र ३.१४ जि.पि.ए नै ल्यान सफल सुनदेवी मावि ईखाबुकि सुजता लिम्बू रहेका छन् ।

फक्ताङलुङ गाउँपालिकामा शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने सम्बन्धमा विद्यालयको शैक्षिक प्रशासन एवम् सिकाइ सहजीकरण क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यालय प्रशासक, शिक्षक मित्रहरु, विद्यालय कर्मचारीहरुलाई सह( धन्यवाद सहित सम्मान गरिको सुचना अधिकारी जय रिजालले जानकारी दिनु भयो ।

फक्ताङलुङको शैक्षिक गुणस्तरमा सुधार गर्न सबै लाग्नु पर्ने पालिका अध्यक्ष राजन लिम्बू (मुक्ती) ले बताउनुभयो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ०७:३५

ताप्लेजुङमा सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त सेमुलेसन अभ्यास कार्यक्रम सम्पन्न 

ताप्लेजुङ । ताप्लेजुङमा सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त

मैवाखोलामा दुई जना बालबालिका बेपत्ता 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा दुई जना बालबालिका बेपत्ता भएका छन्

३ करोडको लगानीमा होटल जन्नु ईन सञ्चालनमा आयो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा आजबाट होटल जन्नु ईन सञ्चालनमा आएको

वुस कटिङ गरिने भएकाले ताप्लेजुङमा शुक्रबार र शनिबार विद्युत अबरुद्ध हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार र शनिबार दिउँसो विद्युत अबरुद्ध

ताप्लेजुङको ओख्राबुमा बुवाको हत्या गर्ने छोरा पक्राउ 

ताप्लेजुङ ।  ताप्लेजुङमा बुवाको हत्या गर्ने छोरा पक्राउ परेका छन्