आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजनामा फक्ताङ्लुङ गाउँपालिका



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र बेरुजु शून्य बनाउने योजना बनाएको छ । गाउँपालिकाले हाल देखिएको बेरुजुलाई फर्स्योट गर्दै आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजना बनाएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको यस वर्षको प्रतिवेदन अनुसार असुल गर्नुपर्ने १९ लाख १० हजार रुपियाँ बेरुजु रकम असुल गर्न पत्राचार भइसकेको र सो बेरुजु रकम असुलीको क्रममा सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०का अनुसार बेरुजु घटाउँदै शून्य बताउने र थप बेरुजु बढ्न नदिनेगरी योजना बनाई कार्यान्वयन सुरु भएको छ ।

फक्ताङ्लुङ गाउँपालिकाको हालसम्मको बेरुजु रकम पाँच करोड ५७ लाख रुपियाँ रहेको छ । उक्त रकममध्ये पाँच करोड आठ लाख रुपियाँ बेरुजु रकमको प्रमाण वा कागजात पेस गर्नुपर्ने प्रकृतिको रहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । बेरुजु रकम फर्स्योटका लागि गाउँपालिकाको तर्फबाट आवश्यक प्रमाण तथा कागजात जुटाउने कार्य थालेको लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार प्रमाण ९कागजात० पेस गर्नुपर्ने प्रकृतिको बेरुजु रकमको ठुलो हिस्सा विगतका वर्षहरूबाट नै कायम हुँदै आएको र आर्थिक वर्ष २०७८र७९ को आयव्यय विवरणमा बैङ्क हिसाब र सूत्र प्रविष्टिमा भएको समस्याका कारण देखिएको छ । बैङ्क हिसाब र पालिकाको सूत्र प्रविष्टिको समस्याका कारण तीन करोड ७६ लाख रुपियाँ हिसाब मिलान गर्नुपर्ने बेरुजु रहेकोसमेत गाउँपालिकाले जनाएको छ ।

कुल बेरुजु रकमको एक करोड ८१ लाख रुपियाँ छुटेका कागजात पेस गर्दा फर्स्योट हुने भएकोले यसतर्फ पनि पालिकाले आवश्यक प्रक्रिया सुरु गरेको अध्यक्ष लिम्बूले बताउनुभयो । त्यस्तै नियमित नभएको ३० लाख ५१ हजार रुपियाँ बेरुजु रकम फर्स्योटका लागि पनि प्रक्रिया सुरु भइसकेको गाउँपालिकाले जनाएको छ ।

बेरुजु फर्स्योट गर्न सुरु भएको योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै आगामी आवभित्र बेरुजुलाई शून्यमा झार्ने गाउँपालिकाले लक्ष्य राखेको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ११:५४

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको

रिडद्वारा एसईईमा सत प्रतिशत विद्यार्थी उत्रिर्ण गर्न सफल विद्यालय पुरस्कृत

ताप्लेजुङ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले माध्यमिक

पहिलो पटक एसईईमा सहभागि बनेको श्री साङक देछ्योलिङ गोन्पाले ल्यायो उत्कृष्ट नतिजा

ताप्लेजुङ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि

मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष साँवाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको