रास्वपाले निलम्बन गर्‍यो महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई



राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकाललाई निलम्बन गरेको छ।

ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासहीन व्यवहार गर्नुका साथै पार्टीको छवीमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपा संस्थापन पक्षको आरोप छ।

बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो।

बुधबार मध्यरातसम्म बसेको केन्द्रीय समिति बैठकले ढकाललाई निलम्बन गरेको हो।

प्रकाशित मिति : 12:07 am

रिड नेपालले दियो ताप्लेजुङका १ सय ५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित