शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक तथा विद्यालय रिड नेपालद्वारा पुरस्कृत



साहारा लिम्बू लङ्वा

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले आफ्नो कार्यक्षेत्र भित्रका उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विधार्थी र कर्मचारीलाई पुरस्कृत गरेको छ । मङ्गलबार फुङ्लिङ बजारमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विद्याका पुरस्कार तथा अवार्ड वितरण गरेको हो । 

२०८० सालको शैक्षिक गतिविधि, उत्कृष्‍टता र लगनशीलताका आधारलाई मूल्याङ्कन गरि विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरूको छनोट गरिएको रिड नेपाल ताप्लेजुङका जिल्ला प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । 

बेष्ट पर्फमिङ स्कुल अवार्ड’
फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालय र इखाबुस्थित रानी आधारभूत विद्यालयलाई ‘बेष्ट पर्फमिङ स्कुल’ को अवार्ड प्रदान गरिएको छ । विद्यालयहरूलाई नगद ४५ हजार रुपैयाँ सहित पुरस्कृत भएका हो । रानी आठौँ पटक उक्त अवार्डद्वारा पुरस्कृत भएको छ । यसअघि एउटा विद्यालयमात्रै ‘बेष्ट पर्फमिङ स्कुल’ अवार्डबाट पुरस्कृत हुने गरेकोमा यसपटक दुबै विद्यालयको छनौट मापन अङ्क बराबर भएकोले दुवैलाई छनौट गरी अवार्ड बितरण गरिएको रिड नेपाल ताप्लेजुङका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूले जानकारी दिनुभयो ।

‘स्टार स्कुल अवार्ड’
‘स्टार स्कुल अवार्ड’ बाट सिरिजङ्गा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजङ्घा माध्यमिक विद्यालय र फक्ताङलुङ गाउँपालिकाको इखाबुस्थित सुनदेवी माध्यमिक विद्यालय पुरस्कृत भएका छन् । उक्त विद्यालयहरूलाई नगद ३० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । 

‘एक्सिलेन्ट रिजल्ट स्कुल अवार्ड एसईई’
‘एक्सिलेन्ट रिजल्ट स्कुल अवार्ड एसईई’ बाट फक्ताङलुङ गाउँपालिका ४ इखाबुका सुनदेवी मावि पुरस्कृत भएको छ । वि.सं. २०७९ सालको एसईईमा उत्कृष्ट अङ्का ल्याउन सफल भएकोमा सुनदेवी माविलाई नगद ३० हजार सहित पुरस्कृत गरिएको हो ।

‘एसएमसी अवार्ड’
‘एसएमसी अवार्ड’ बाट सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित गणेश माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रकुमार आचार्य र फक्ताङलुङ गाउँपालिकाको इखाबुस्थित बिपुधाम आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रप्रकाश लिम्बू पुरस्कृत भएका छन् । उहाँहरूलाई नगद जनही ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । 

‘आरएलटी अवार्ड’
‘आरएलटी अवार्ड’ तथा स्रोत शिक्षकतर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित गणेश माविका प्राधानाध्यापक रामकुमार लिम्बू, खेवाङस्थित पाथीभरा महादेव आधारभूत विद्यालयका शिक्षिका बिन्दुकला लिम्बू तथा फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित पार्वती माध्यमिक विद्यालयका शिक्षक कमलकुमार हेल्लोक पुरस्कृत भएका छन् । उहाँहरु नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत भएका हुन् । 

‘स्टार टिचर अवार्ड’
‘स्टार टिचर अवार्ड’ बाट सिरिजङ्गा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजङ्घा माध्यमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद लिम्बू, फक्ताङलुङ गाउँपालिकाको बिपुधाम आधारभूत विद्यालयका शिक्षक बिरेशमान वनेम र इखाबुस्थित सुनदेवी माविका शिक्षक सन्तोष राई पुरस्कृत भएका छन् । उहाँहरूलाई पनि नगद रु. ५ हजारको दरले नै पुरस्कृत गरिएको हो । 

‘स्टार इसिडी अवार्ड’
स्टार इसिडी अवार्ड बाट सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित महेन्द्र आधारभूत विद्यालयका बाल शिक्षक रमादेवी बिक पुरस्कृत हुनुभएको छ । उहाँलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । 

यस्तै विद्यालय कर्मचारीतर्फ फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक बिद्यालयका कार्यालय सहयोगी रनबहादुर लिम्बू पुरस्कृत हुनुभयो । उहाँहरूले जनही नगद ५ हजार सहितको अवार्ड प्राप्त गरेको रिड नेपालले जनाएको छ । 

साथै रिड नेपालको कार्य क्षेत्रमा पर्ने ३५ वटा विद्यालयका ३५ जना उत्कृष्ट विद्यार्थीहरूलाई नगद एक हजारको दरले पुरस्कृत गरेको छ । रिड नेपाल विगत १६ वर्षदेखि ताप्लेजुङको शिक्षा क्षेत्रको उन्नयनका लागि काम गर्दै आएको छ । 

प्रकाशित मिति : १९ असार २०८१, मंगलवार १४:१२

आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजनामा फक्ताङ्लुङ गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र बेरुजु शून्य

आज कहाँ कति वर्षा ?

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा

रास्वपाले निलम्बन गर्‍यो महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा। मुकुल

युनाईटेड हाईड्रोपावर र प्रभावित क्षेत्रको विवाद मिल्यो

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने

बढ्यो नूनको मूल्य, प्याकेटको कति ?

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट