पाथीभरा मन्दिर क्षेत्रको अनुगमन सँगै गरियो वृक्षारोपण 



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) क्षेत्रमा स्थलगत अनुगमन तथा वृक्षारोपण गरिएको छ । पाथिभरा क्षेत्र विकास समितिको आयोजनामा शुक्रबार विभिन्न सरोकारवालाहरूको उपस्थितिमा अनुगमन तथा वृक्षारोपणको कार्य गरिएको हो । 

जिल्ला समन्वय समितिका उप–प्रमुख कृष्ण लिङखिमको प्रमुख आतिथ्यतामा मन्दिर परिषरको अनुगमन तथा आसपासका क्षेत्रमा बिरुवाहरू रोपिएको छ । समितिले मन्दिर क्षेत्र आसपासलाई हरियाली बनाउन तथा सुन्दरतालाई कायम गर्न हरेक वर्ष वृक्षारोपणको कार्यलाई निरन्तरता दिदैँ आएको छ । 

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर आसपासमा विशेष गरेर यस वर्ष धूपीका बिरुवाहरू रोपिएको कार्यकारी निर्देशक प्रजिन हाङबाङको भनाई छ । उहाँका अनुसार वृक्षारोपण अभियान अन्तर्गत समितिले यस वर्ष करिब १ हजारभन्दा बढी बिरुवाहरू रोपेको छ । 

रोपिएको विरुवाहरुलाई संरक्षण तथा मलजल गर्नका लागि समितिका कर्मचारीहरू खटाइने हाङबाङले बताउनुभयो । अनुगमनको क्रममा मन्दिर परिसरमा अधिकांस क्षेत्रको व्यवस्थापन मजबुद ढंगले भएको पाइएको जिल्ला समन्वय समितिका उप–प्रमुख लिङखिमको भनाई थियो । समितिले यसअघि गत मंसिर १५ गते समेत सर्बपक्षिय अनुगमनको आयोजना गरेको थियो ।

सो अनुगमनपछि प्राप्त भएको सल्लाह–सुझावको आधारमा मन्दिर क्षेत्रको व्यवस्थापन गरिएको अध्यक्ष रक्की थेवेले बताउनुभयो । मुक्कुम्लुङ संघर्ष समितिले पनि केही दिन अगाडि माथिल्लो फेदीदेखि मन्दिर परिसरसम्म वृक्षारोपण गरेको छ । संघर्ष समितिले उक्त क्षेत्रमा २० हजार बिरुवा रोपेको छ । केबलकार निर्माण लागि रुख कटान गरिएको क्षेत्रमा संघर्ष समितिले वृक्षारोपण गरेको हो ।  

प्रकाशित मिति : 2:38 pm

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला