मेरिङेदन ४ लिङ्तेपमा समीक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ४ नं. वडा कार्यालय लिङ्तेपले समीक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा कार्यालयबाट भएको सेवा प्रवाह तथा चालू आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका योजनाहरूको समीक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  

सार्वजनिक सुनाई कार्यक्रममा बोल्दै मेरिङदेन गाउँपालिका अध्यक्ष युक हाङ बिर हाङ्गाम (डम्बर)ले पालिकाले दोभान देखि पालिकाको केन्द्र सान्थाक्रासम्मको कालो पत्रलाई गौरवको योजनाको रुपमा अघि सारेको बताउनुभयो । पालिका भित्रै विद्यार्थीहरूलाई कक्षा १२ सम्म अध्ययन गर्ने वातावरण बनाउन आगामी आर्थिक वर्षमा पालिकाका पान्दोलुङ मा.बि. लक्ष्मी मा.बि.मा प्लस टु कक्षा सञ्चालन गर्ने कुरालाई पनि बजेट बिनियोजन भएको जानकारी दिनुभयो । 

कार्यक्रममा वडा रहेका १० वटा टोल विकास समितिका अध्यक्षहरूले आफूले गरेको काम, वडाले गरेको काम र आगामी आर्थिक वर्षको बजेटको विषयमा सल्लाह, सुझाब र गुनासो राखेका थिए । उनीहरूले आफ्नो टोलमा कम बजेट परेको, बर्खे विकासले बाढीपहिरोको समस्या भएको गुनासो गरेका छन । गुनासोहरूको अध्यक्ष बेद प्रसाद लिम्बुले जवाफ दिनु भएको थियो । 

स्थानीयले युनाइटेड मेवा हाइड्रोपावरले दिएको सामाजिक उत्तरदायित्व अन्तरगतको १ करोड ३८ लाख रुपैयाँ प्रभावित क्षेत्रले नपाएको गुनासो गरेका छन भने अध्यक्ष लिम्बुले नियम अनुसार काम गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार १४:३१

शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक तथा विद्यालय रिड नेपालद्वारा पुरस्कृत

साहारा लिम्बू लङ्वा ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक (ग्रेडवृद्धि) को

२ दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि

पछिल्ला दुई दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि भएको एउटा अध्ययनले

आज यी स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावका कारण मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, शुरुमा ओली प्रधानमन्त्री बन्ने

नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ुराष्ट्रिय सहमतिकोु