एसइई: ताप्लेजुङका २३ विद्यालयको नतिजा शून्य, २३७ विद्यार्थीहरू मात्रै उत्तीर्ण



एलिना दियाली

ताप्लेजुङ । एसईईको नतिजामा ताप्लेजुङका २३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा अनुसार जिल्लाका ६८ मध्ये २३ सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो । जिल्ला शिक्षा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार जिल्लाबाट २०८० सालमा एक हजार ६ सय ९६ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा २३७ जना विधार्थीहरु मात्रै उतिर्ण भएका छन् ।

शिक्षा समन्वय एकाई प्रमुखका भट्टराईका अनुसार सबैभन्दा बढी फक्ताङलुङ गाउँपालिकाका ४ वटा विद्यालयको नतिजा शून्य रहेको छ । जस अन्तरगत रविकला मावि, आदर्श मावि, सेवालुङ मावि, सुनदेवी माविबाट कुनै पनि विद्यार्थीहरु उत्तीर्ण हुन नसकेका हुन् । त्यस्तै मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, सिदिङवा गाउँपालिका, सिरिजंघा गाउँपालिका र मैवाखोला गाउँपालिकाका ३÷३ वटा विद्यालयको नतिजा शून्य रहेको छ ।

मेरिङदेनको त्रिभुवन मावि, पान्दोलुङ मावि र सिंहकाली माविको नतिजा शून्य रहेको छ भने आठराई त्रिवेणीको सरस्वती मावि, गुप्तेश्वर मावि, परमसिंह माविको नतिजा शून्य रहको छ । त्यस्तै सिदिङवाको सिंहेश्वरी मावि, सरस्वती मावि र निलगिरी माविको नतिजा शुन्य रहँदा मैवाखोलाको नारयणी मावि, पाटीडाँडा मावि र महेन्द्र माविको नतिजा पनि शुन्य रहेको छ भने सिरिजंघाको सरस्वति मावि, राष्ट्रिय मावि र दुर्गा माविको नतिजा शुन्य रहेको छ ।

मिक्वाखोला गाउँपालिकाको पञ्चेश्वरी मावि र साँवा मावि, पाथीभरा याङवरकको चाक्सिबोटे मावि र फुङलिङ नगरपालिका– ११ फावाखोलास्थित सिम्वु माविको नतिजापनि शून्य रहेको छ । ६ आवासीय र ६२ सामुदायिक गरी जिल्लाका ६८ विद्यालयमध्ये २३ वटा सामुदायिक विद्यालयबाट कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएको शिक्षा समन्वय प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 3:08 pm

केबलकार विरोधी आन्दोलन फिर्ता लिन आग्रह

ताप्लेजुङ, जेठ २ गते । पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

ताप्लेजुङ, जेठ १ गते । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग

पाथीभरामा वैशाख महिनामा एक करोड छ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, वैशाख ३१ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

निर्माण व्यवसायी सङ्घ ताप्लेजुङद्वारा सरकारको ध्यानाकर्षण 

ताप्लेजुङ, वैशाख ३१ । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण

मैवाखोला गाउँपालिकामा एकीकृत घुम्ती सेवा शिविरबाट ५ हजार बढीले लिए सेवा

ताप्लेजुङ, वैशाख ३१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एकीकृत घुम्ती