मेरिङदेन गाउँपालिकाको बजेट ४० करोड




ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट ४० करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङबाङले ४० करोड २० लाख ३० हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा वितिय समानिकरण अनुदान संघीय सरकारतर्फ १० करोड १ लाख, सशर्त अनुदान संघीय सरकार चालुतर्फ १७ करोड ९० लाख,संघीय शसर्त पुँजीगत अनुदान ७४ लाख, संघीय विशेष अनुदान ५० लाख, राजश्व बाँडफाड संघीय विभाज्यकोषमा ७ करोड ९७ लाख रुपैँयमा आय हुने अुनमान गरिएको छ ।

वित्तिय समानिकरण अुनदान प्रदेशतर्फ ६१ लाख ८६ हजार, सशर्त अनुदान प्रदेशतर्फ ५२ लाख ८३ हजार, प्रदेश सरकार समपुरक अनुदान ९६ लाख सवारी साधन कर बाँडफाड ३३ लाख ६१ हजार, गत आर्थिक वर्षको मौजदात १२ लाख, आन्तरिक स्रोत ५२ लाख रुपैँया आय हुने अनुमान गरिएको छ ।

उक्त बजेटको व्ययतर्फ सामाजिक विकासका लागि २ करोड ४४ लाख ५० हजार, आर्थिक विकासतर्फ ३५ लाख, पुर्वाधार विकासतर्फ ९ करोड २३ लाख ३६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रशासनिक, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ करोड ३० लाख ६१ हजार, संघिय शसर्त चालुतर्फ १७ करोड ९० लाख, संघीय शसर्त पुँजीगततर्फ १ करोड २४ लाख, प्रदेश सशर्त चालुतर्फ १७ लाख ८३ हजार, प्रदेश सर्शत पुँजीगततर्फ ३५ लाख, प्रदेश समपुरकतर्फ ९६ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । उक्त बजेट गाउँसभाले आजै पारित गरिएको पालिकाका सुचना अधिकारी जितेन लिम्बुले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार १५:११

ओलाङचुङगोलामा मौरीले टोक्दा एक घाईते

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा मौरीले टोक्दा एक जना

ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक जना

तेल्लोकमा काम गरि रहेको स्काभेटर काबेली खोलामा डुब्यो

रेडियो काबेली ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा स्काईभेटर दुर्घटना

आदिवासी चलचित्र “चे” को ट्रेलर सार्वजनिक

काठमाडौ । आदिवासी चलचित्र ुचेुको ट्रेलर सार्वजनिक भएको छ ।

शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्दै

ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे