मिक्वाखोला गाउँपालिकाको बजेट ३७ करोड




रेडियो काबेली
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ३७ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष डण्डु लामाले ३७ करोड ४७ लाख ३२ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा चालुतर्फ ८ करोड ५२ लाख ८९ हजार, सशर्त अनुदानतर्प १३ करोड ५६ लाख ७४ हजार रुपैँया रहेको छ ।

त्यस्तै पुँजीगततर्फ ८ करोड ६६ लाख १८ हजार, विशेष अनुदान २ करोड ९० लाख, समपुरक अनुदान २ करोड ३० लाख रुपैँया र आन्तरिक आय ३८ लाख रुपैँया हुने अनुमान गरिएको उपाध्यक्ष लामाले बताउनुभयो ।आज पेश गरिएको बजेट असार २५ गते पारित गरिने अध्यक्षका स्वकीय सचिव घनेन्द्र थापाले बताउनुभयो ।

स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को धारा ७१ मा बजेट पेश र पारित गर्ने उल्लेख छ । धारा ७१ को (१) मा उपाध्यक्ष,उपप्रमूख वा कार्यपालिकाले तोकेको कार्यालयको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र ब्ययको अनुमान कार्यालयबाट स्विकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्नेछ । सभामा पेश भएको कार्यक्रम तथा बजेट असार मसान्तभित्रमा पास गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : 1:27 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम