मिक्वाखोला गाउँपालिकाको बजेट ३७ करोड




रेडियो काबेली
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ३७ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष डण्डु लामाले ३७ करोड ४७ लाख ३२ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा चालुतर्फ ८ करोड ५२ लाख ८९ हजार, सशर्त अनुदानतर्प १३ करोड ५६ लाख ७४ हजार रुपैँया रहेको छ ।

त्यस्तै पुँजीगततर्फ ८ करोड ६६ लाख १८ हजार, विशेष अनुदान २ करोड ९० लाख, समपुरक अनुदान २ करोड ३० लाख रुपैँया र आन्तरिक आय ३८ लाख रुपैँया हुने अनुमान गरिएको उपाध्यक्ष लामाले बताउनुभयो ।आज पेश गरिएको बजेट असार २५ गते पारित गरिने अध्यक्षका स्वकीय सचिव घनेन्द्र थापाले बताउनुभयो ।

स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को धारा ७१ मा बजेट पेश र पारित गर्ने उल्लेख छ । धारा ७१ को (१) मा उपाध्यक्ष,उपप्रमूख वा कार्यपालिकाले तोकेको कार्यालयको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र ब्ययको अनुमान कार्यालयबाट स्विकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्नेछ । सभामा पेश भएको कार्यक्रम तथा बजेट असार मसान्तभित्रमा पास गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : 1:27 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन