उत्कृष्ट शिक्षक, विधार्थी, विव्यस र शिक्षक अभिभावक संघ लाई वडाले पुरस्कृत गर्ने



एलिना दियाली
ताप्लेजुङ । शैक्षिक गुणस्तर सुधार गर्न फुङलिङ नगारपालिका वडा नंं. ८ ले उत्कृष्ट शिक्षक, विधार्थी, विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघ लाई वडाले पुरस्कृत गर्ने भएको छ । आईतबार भएको शिक्षा भेलामा वडा अध्यक्ष क्षितिज सुनुवारले शिक्षाको गुणस्तरलाई सुधार गर्न उत्कृष्ट शिक्षक, विधार्थी, विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघ लाई वडाले पुरस्कृत गर्ने बताउनुभयो । उहाँका अुनसार वडा भित्र रहेका ७ वटै विद्यालयका उत्कृष्ट ७ जना शिक्षकलाई प्रोत्साहन स्वरुप नगद १० हजार सहित वडाले पुरस्कृत गरिनेछ ।

त्यस्तै सबै विद्यालयका दैनिक रुपमा विद्यालय आउने, सरसफाईमा ध्यान दिने, ईमान्दार र जेहेन्दार विधार्थीहरुलाई पुरस्कृत गरिनेछ । वडा अध्यक्ष सुनुवारका अनुसार प्रथम हुने हरेक विद्यालयका विधार्थीलाई नगद १५ हजार, द्धितिय हुने विधार्थीलाई १० हजार र तृतिय हुने विधार्थीलाई नगद ५ हजार सहित पुरस्कृत गरिनेछ ।

त्यस्तै वडाले कक्षा १ र २ विधार्थीहरुलाई “बुक लेस” कार्यक्रम अन्तरगत १ लाख ७० हजार रुपैँयाको किताब खरिद गरी विधालयलार्य हस्तारण गर्नेछ । वडाले शैक्षिक गुणस्तर सुधारका लागि घर घरमा शिक्षा ,आजको आवश्यकता भन्ने नारा सहित शिक्षा भेला सम्पन्न गरेको हो ।

प्रकाशित मिति : 12:00 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ