उत्कृष्ट शिक्षक, विधार्थी, विव्यस र शिक्षक अभिभावक संघ लाई वडाले पुरस्कृत गर्ने



एलिना दियाली
ताप्लेजुङ । शैक्षिक गुणस्तर सुधार गर्न फुङलिङ नगारपालिका वडा नंं. ८ ले उत्कृष्ट शिक्षक, विधार्थी, विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघ लाई वडाले पुरस्कृत गर्ने भएको छ । आईतबार भएको शिक्षा भेलामा वडा अध्यक्ष क्षितिज सुनुवारले शिक्षाको गुणस्तरलाई सुधार गर्न उत्कृष्ट शिक्षक, विधार्थी, विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघ लाई वडाले पुरस्कृत गर्ने बताउनुभयो । उहाँका अुनसार वडा भित्र रहेका ७ वटै विद्यालयका उत्कृष्ट ७ जना शिक्षकलाई प्रोत्साहन स्वरुप नगद १० हजार सहित वडाले पुरस्कृत गरिनेछ ।

त्यस्तै सबै विद्यालयका दैनिक रुपमा विद्यालय आउने, सरसफाईमा ध्यान दिने, ईमान्दार र जेहेन्दार विधार्थीहरुलाई पुरस्कृत गरिनेछ । वडा अध्यक्ष सुनुवारका अनुसार प्रथम हुने हरेक विद्यालयका विधार्थीलाई नगद १५ हजार, द्धितिय हुने विधार्थीलाई १० हजार र तृतिय हुने विधार्थीलाई नगद ५ हजार सहित पुरस्कृत गरिनेछ ।

त्यस्तै वडाले कक्षा १ र २ विधार्थीहरुलाई “बुक लेस” कार्यक्रम अन्तरगत १ लाख ७० हजार रुपैँयाको किताब खरिद गरी विधालयलार्य हस्तारण गर्नेछ । वडाले शैक्षिक गुणस्तर सुधारका लागि घर घरमा शिक्षा ,आजको आवश्यकता भन्ने नारा सहित शिक्षा भेला सम्पन्न गरेको हो ।

प्रकाशित मिति : 12:00 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई