शैक्षिक गुणस्तर सुधार गर्न फुङ्लिङ नगरपालिका वडा नं. ८ द्धारा शिक्षा भेला सम्पन्न



एलिना दियाली
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वडा न ८ मा घर घरमा शिक्षा ,आजको आवश्यकता भन्ने नारा सहित शिक्षा भेला सम्पन्न भएको छ । शैक्षिक गुणस्तर सुधार गर्न वडा कार्यालयले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा प्रधानाध्यापकहरुले बिद्यार्थी सख्या घटेको, भवन र फर्निचर मर्मत सम्भारको आवश्यकता रहेको र चमेना गृहको अभाव रहेको बताएका छन् ।

त्यस्तै बिधालयमा कक्षागत शिक्षक नभएको, बिधालयमा कम्प्युटर नभएको, घेराबारा नभएको, सरकारले दिएको १५ रुपैयाँले पोषणयुक्त दिवा खाजा खुवाउन नपुगेको र त्यसमा पनि चमेना गृह नभएकोले स्थानीय सरकारले त्यसप्रती ध्यान दिनुपर्ने बताएका छन् । त्यस्तै शिक्षकलाई पुर्नताजगी तालिमको आवश्यकता रहेको, अभिभावकलाई पनि चेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने शिक्षकहरुले बताएका छन् । बसाइँसराइलाई रोक्न पनि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता भेलाले औँलयाएको छ ।

त्यस्तै भेलाले शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको बेग्ला बेग्लै संकल्प प्रस्ताव समेत पारित गरेको छ । जस अन्तरगत शिक्षकहरुको संकल्प पत्रमा शिक्षकहरुको निर्धारित समयमा नियमित विद्यालय जान्छु, पाठ्यक्रमको मर्म र आशयलाई राम्ररी ग्रहण गरेर शिक्षण गर्छु लगायत १५ वटा बुँदा रहेका छन् । त्यस्तै प्रधानाध्यापकहरुको संकल्पमा म शैक्षिक प्रशासक मात्र हुईन, म त शिक्षक र विधार्थीको अभिभावक पनि हो, म प्रधानाध्यापक भएको विद्यालयलाई अब्बल दर्जाको बनाउन सदा प्रयत्नशिल रहेछु लगायत ११ वटा वुँदा रहेका छन् ।

त्यस्तै गरि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संकल्प पत्रमा संयुक्त रुपमा हामी विद्यालयलाई आवश्यक पर्ने स्रोत र साधन जुटाउने छौँ, भएको स्रोत र साधनको सही सदुपयोग गर्ने छौँ, विद्यालयमा भएका सबै प्रकारका गतिविधि तथा कार्यक्रमहरु पारदर्शी गर्न लाग्ने र गर्ने छौँ लगायत ११ वटा वुँदा रहेका छन् ।

यसै विच भेलालाई सम्बोधन गर्दै वडा नं ८ का वडा अध्यक्ष क्षितिज सुनुवारले शैक्षिक गुणस्तरलाई सुुधार गर्न वडा भित्र रहेका ७ वटै विद्यालयका उत्कृष्ट ७ जना शिक्षकलाई प्रोत्साहन स्वरुप नगद १० हजार सहित वडाले पुरस्कृत गर्ने बताउनुभयो । त्यस्तै सबै विद्यालयका दैनिक रुपमा विद्यालय आउने, सरसफाईमा ध्यान दिने, ईमान्दार र जेहेन्दार विधार्थीहरुलाई पुरस्कृत गरिनेछ ।

उहाँका अनुसार प्रथम हुने हरेक विद्यालयका विधार्थीलाई नगद १५ हजार, द्धितिय हुने विधार्थीलाई १० हजार र तृतिय हुने विधार्थीलाई नगद ५ हजार सहित पुरस्कृत गरिनेछ । कार्यक्रममा नगर प्रमुख र उपप्रमुख, नगरको शिक्षा शाखा प्रमुख, वडामा रहेका सात वटै बिधालयका प्रधानाध्यापक,शिक्षक, बाल विकास सहजकर्ता, शिक्षाविद् लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० असार २०८१, आईतवार ११:४५

प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न फक्ताङलुङद्धारा प्रकोप व्यवस्थापन कोष स्थापना

रेडियो काबेलीताप्लेजुङ । प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न फक्ताङलुङ गाउँपालिकाले

फक्ताङलुङमा बाढी पहिरोले ३ हप्तादेखी यातायात बन्द, स्थानीय विद्युत र संचारबाट समेत बञ्चित

एलिना दियालीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा बाढी पहिरोले गर्दा तिन हप्तादेखी

पाथीभरा मन्दिर क्षेत्रको अनुगमन सँगै गरियो वृक्षारोपण 

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) क्षेत्रमा स्थलगत अनुगमन

मेरिङेदन ४ लिङ्तेपमा समीक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ४ नं. वडा कार्यालय लिङ्तेपले

मेरिङदेनले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम