१ हजार ९०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो



काठमाडौँ । यससाता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार (असार २) तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको अन्तिम दिन असार ७ गते १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार जेठ ३२ मा सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ कायम भएकोमा त्यसपछिको साताको पहिलो कारोबार आइतबार १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भयो । यस्तै त्यसको भोलिपल्ट असार ३ अर्थात सोमबार घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार हुँदा मंगलबार र बुधबार पनि सोही मूल्य कायम भयो ।

बिहीबार भने सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ४२ हजार ८०० रुपैयाँ कायम हुन पुग्यो भने त्यसको भोलिपल्ट अर्थात कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढ्दै १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो । समग्रमा एक सातामा असार २ देखि ७ गतेसम्मको अवधिमा सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।

यस्तै चाँदीको मूल्य पनि एक सातामा प्रतितोला ४५ रुपैयाँ बढेको देखिन्छ । जसअनुसार असार २ गते १ हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी ३ गते १,८००, ४ गते १,८१५, ५ गते १,८०५ र ६ गते १,८४० रुपैयाँमा कारोबार भयो । यस्तै साताको कारोबारको अन्तिम दिन शुक्रबार १,८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

पछिल्लो समय सुनको मूल्य तीव्र रुपमा वृद्धि हुँदै आएको छ। सरकारले भन्सार दरमा गरेको वृद्धिका साथसाथै अन्तर्राष्ट्रिय बजारमै भएको मूल्यवृद्धिका कारण स्थानीय बजारमा सुन सुनको भाउ महँगिँदै गएको हो।

प्रकाशित मिति : 6:14 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ