ताप्लेजुङमा बाढीपहिरोबाट ३ सय ४२ जना नागरिक बिस्थापित



ताप्लेजुङ । मनसुन सुरु भएयता ताप्लेजुङमा ३ सय ४२ जना पहिरोका कारण बिस्थापित भएका छन् । मनसुन सुरुदेखि करिब एक साताको अवधिमा ८१ घरका १ सय ६३ महिला र १ सय ७९ जना पुरुष गरि ३ सय ४२ जना मानिस बिस्थापित भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलका अनुसार ८ वटा घर पूर्ण रुपमा क्षति हुँदा १७ महिला र १८ पुरुष गरि ३५ जना बिस्थापित भएका हुन् । बाढी तथा पहिरोबाट १८ वटा घर उच्च जोखिममा हुँदा ५२ जना महिला र ४२ जना पुरुष गरि ९४ जना नागरिक बिस्थापित भएको डीएसपी रावलले जानकारी दिनुभयो ।

यस्तै जोखिममा रहेका ५५ ओटा घरका ९४ जना महिला र १ सय १९ जना पुरुष गरि २ सय १३ जना मानिस बिस्थापित भएको उहाँको भनाई छ । पहिरोका कारण जोखिममा रहेका घरका मानिसहरूलाई आफन्तको घर तथा खुल्ला मैदानमा व्यवस्थापन गरिएको बताइएको छ । 

बाढीमा परि ३ दिनकै अवधिमा ५ जनाले ज्यान समेत गुमाएका छन् । फक्ताङलुङ गाउँपालिकाको खेजेनिममा एकै परिवारका ४ जना र सिरिजंघा गाउँपालिकाको निर्माणधीन हाइड्रोपावर कम्पनीमा कार्यरत पाँचथरका मजदुरको पहिरोमा परि ज्यान गएको हो । पहिरोमा परि एक साताका अवधिमा २ जना घाईते समेत भएका छन् भने उनीहरूको अवस्था हाल सुधारमा आइसकेको प्रहरीले जनाएको छ । 

यस्तै पहिरोबाट ८४ ओटा पशु र ३१ ओटा पशुपक्षी मरेको डीएसपी रावलले जानकारी दिनुभयो । पहिराले एउटा बाख्रा फर्म, ९ ओटा गोठमा समेत क्षति पु¥याएको छ । बाढीले ४ वटा सवारी साधन, एउटा क्रसर, ९ वटा अलैँचीबारी र ५ ओटा पुलमा क्षति पु¥याएको छ । जसमध्ये २ ओटा काठे पुल, एउटा झोलुङगे पुल, एउटा निर्माणधीन पुल र मान्छे हिड्न बनाएको एउटा सिमेन्टेड रहेका छन् ।

बाढी पहिरोका कारण ६ स्थानका सडकमा क्षति पुग्दा ३ स्थानका मात्रै सञ्चालनमा आएको छ । बाँकी ३ स्थानका सडक अझै अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ । पहिरोले एउटा माइक्रो हाइड्रो र सिरीजंघा गाउँपालिका ५ मा रहेको लिम्बू संग्राहलयमा समेत क्षति पु¥याएको छ । 

बाढीपहिरोले सिरीजंघा गाउँपालिका ६ मामांखेमा खानेपानीको पाइप समेत बगाएको छ । उक्त बस्तीको खानेपानीको पाइप बगाउँदा करिब ३ सय घरपरिवार प्रभावित भएको स्थानीयले बताएका छन् ।  

निरन्तरका वर्षाकै कारण आएको बाढीपहिरोले ताप्लेजुङका विभिन्न स्थानमा विद्युत आपुर्ति तथा टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । यी दुई सेवाहरू अवरुद्ध हुँदा तथ्याङ्क संकलन तथा पीडितलाई उद्धार राहत बितरण लगायतको क्षेत्रमा असहज भएको प्रहरीको भनाई छ । विद्युत तथा टेलिफोन सेवा सञ्चालनका लागि सरोकारवालाले ध्यानाकर्षण समेत गराएका छन् ।  

पहिरोको जोखिम भदौ सम्म नै रहने भएकाले सबै नागरिकलाई सचेत भएर बस्न जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङ तथा स्थानीय तहहरूले आग्रह गरेका छन् । समितिले जिल्लाका ४१ ओटा वडा पहिरोको उच्च जोखिममा, १८ ओटा वडा मध्यम जोखिममा र २ ओटा वडामात्रै न्यून जोखिममा रहेको औँल्याएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलवार १४:१६

ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा

रेडियो काबेलीताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी

रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८

कञ्चनजंघा गुल्मको स्थापना दिवसमा सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा

ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ