ताप्लेजुङको विपद्का विषयमा तीनै जना सांसदले गरे गृहमन्त्रीको ध्यानाकर्षण



ताप्लेजुङ । मनसुन सुरु भएकै समयदेखि ताप्लेजुङ जिल्ला प्राकृतिक विपद्मा परेकाले राहत तथा उद्धार कार्यमा सरकारले विषेश पहल गर्न जिल्लाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, उर्मिला थेबे र लिला बोखिम (लिम्बु) सहितको टोलीले गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लाको बिपद्का विषयमा सरकार गम्भिर बन्न आग्रह गरेका हुन् । 

भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङको घटनाका विषयमा आफू जानकार रहेको बताउँदै राहत, उद्धार र पुनःनिर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय तह, प्रदेश सरकार, संघका सरकारी कार्यलयहरू र जिल्लाका सांसदहरू सँगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ताप्लेजुङमा गत जेष्ठ ३० गते यता परेको अविरल वर्षाका कारण विभिन्न स्थानको सडक, पुल बगाएको छ भने घरनै पुर्दा ५ जनाको मृत्यु भएको छ । 

अहिले पनि निरन्तर वर्षा भइरहेकाले जिल्लाका अधिकांश स्थान पहिरो र बाढीको उच्च जोखिममा परेका छन् ।

प्रकाशित मिति : 1:49 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका