ताप्लेजुङको विपद्का विषयमा तीनै जना सांसदले गरे गृहमन्त्रीको ध्यानाकर्षण



ताप्लेजुङ । मनसुन सुरु भएकै समयदेखि ताप्लेजुङ जिल्ला प्राकृतिक विपद्मा परेकाले राहत तथा उद्धार कार्यमा सरकारले विषेश पहल गर्न जिल्लाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, उर्मिला थेबे र लिला बोखिम (लिम्बु) सहितको टोलीले गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लाको बिपद्का विषयमा सरकार गम्भिर बन्न आग्रह गरेका हुन् । 

भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङको घटनाका विषयमा आफू जानकार रहेको बताउँदै राहत, उद्धार र पुनःनिर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय तह, प्रदेश सरकार, संघका सरकारी कार्यलयहरू र जिल्लाका सांसदहरू सँगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ताप्लेजुङमा गत जेष्ठ ३० गते यता परेको अविरल वर्षाका कारण विभिन्न स्थानको सडक, पुल बगाएको छ भने घरनै पुर्दा ५ जनाको मृत्यु भएको छ । 

अहिले पनि निरन्तर वर्षा भइरहेकाले जिल्लाका अधिकांश स्थान पहिरो र बाढीको उच्च जोखिममा परेका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलवार १३:४९

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन, कञ्चनजङ्घामा एक करोड बढी संकलन

फुङ्लिङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको

फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 

ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा

इलाममा भेटियो कालो चितुवा

ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको