प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने सहित ११ निर्णय सार्वजनिक गरेको छ । ताप्लेजुङको फुङलिङ बजार स्थित स्नो लियोपार्ड होटलमा बसेको बैठकले गरेको उक्त निर्णयहरु पत्रकार सम्मेलनको आयोजना गरि समितिले सार्वजनिक गरेको हो ।

संयुक्त सङ्घर्ष समितिको समन्वयरत संस्था किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा बसेको बैठकमा पहिचान पक्षधर नेताहरूको उपस्थिति रहेको थियो । कियाचु अध्यक्ष येक्तेन, नेपाल आदिवासी अध्यक्ष ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं. १ अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पाद्वारा हस्ताक्षरित उक्त निणर्य पत्रमा कोशी नाम खारेजी आन्दोलनलाई नयाँ चरणमा सुरु गर्ने भनिएको छ । 

मिति २०८१ साल मंसिर १ गते विराटनगरमा विशाल जनप्रदर्शनको आयोजना गरी संघर्ष समितिले पारित गरेको रणनीतिक योजना अनुसार स्थानी तहबाटै समान्तर सत्ता अभ्यासको विकास गर्नका लागि तयारी गर्ने पत्रमा उल्लेख गरिएको छ । यस्तै कोशी नाममा भोट दिने ८२ प्रदेश सांसद र साम्प्रदायिक गाली गर्ने तीन जना नेतालाई सार्वजनिक कार्यक्रमहरूमा निमन्त्रण नगर्न सबै पक्षलाई अनुरोध गर्ने निणर्य गरिएको छ । 

पहिचान मुद्दालाई स्थानीय तहसम्म लैजान प्रदेश व्यापी प्रशिक्षण, संगठन विस्तार अभियान असार १५ गते देखि कार्तिक १५ गतेसम्म सञ्चालन गर्दै निर्णायक आन्दोलन गर्ने निर्णय गरिएको छ । यो सँगै इलाम दुईको उपचुनावबाट एकल जातिवादी सत्तालाई चुनौती दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको मत परिणामलाई सकारात्मक समीक्षा गरिएको पत्रमा उल्लेख गरिएको छ । 

यस्तै मुकुमलुङ माथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि पहल संघर्षरत मुक्कुमलुङ ता: ङसेप र फा: सिङ चेम्भोसँगै प्रदेश नं. १ पुन:` नामाङ्कन संघर्ष समितिले संयुक्तरुपमा संघर्ष गर्ने निर्णय गरिएको जनाइएको छ ।

सार्वजनिक ११ बुँदे निणर्य  

प्रकाशित मिति : 2:45 pm

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम