मिक्वाखोलाको गाउँसभा सुरु




ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाको १८ औँ गाउँसभा एवंम अधिवेशन सुरु भएको छ । आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम माथि स्थलगत रुपमा सुझाब संकल बुधबार सकेसँगै शुक्रबार (आज) अधिवेशन सुरु गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

शुक्रबारबाट सुरु भएको गाउँसभा एव्म अधिवेशमा गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ भने उक्त नीति तथा कार्यक्रम असार ५ गते पारित गरिने पालिकाले जनाएको छ ।

गाउँसभामा अध्यक्ष कार्की, उपाध्यक्ष डण्डु लामा, पालिकाको ५ वटै वडाका जनप्रतिनीधि र पालिकाका विषयगत शाखा प्रमुखहरुको उपस्थिती रहेको छ । शुक्रबारबाट सुरु भएको गाउँसभा असार ५ गते नीति तथा कार्यक्रम पारित गरेसँगै समाप्त हुने स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:24 am

ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण भदौ १२ बाट, कुन – कुन टिम सहभागी हुँदैछन् ? 

ताप्लेजुङ , साउन २ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

मेरिङदेनले उपचारबापत मासिक खर्च उपलब्ध गराउने 

ताप्लेजुङ, साउन २ गते । मेरिङदेन गाउँपालिकाले औषधी उपचारबापत मासिक

पाथीभरामा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, साउन १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा