तेल्लोक माध्यमिक विद्यालयलाई खेलकुदको सामाग्री प्रदान



ताप्लेजुङ । सिरीजंघा गाउँपालिका ४ तेल्लोकको तेल्लोक माध्यमिक विद्यालयलाई खेलकुदको सामाग्री प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ र समितिका अध्यक्ष गणेश माबोले संयुक्त रुपमा खेलकुदका सामाग्री विद्यालयलाई आज हस्तान्तरण गरिएको हो । 

अध्यक्षका माबोका अनुसार विद्यालयलाई निकासा भलिबल २ थान, फुटबल २ थान, बुद्धिचाल ४ सेट र भलिबलका लागि नेट जाली १ थान प्रदान गरिएको हो । जिल्ला खेलकुदबाट उपलब्ध भएका सामाग्रीमा पुन आफूले केही सामाग्री थप गरि विद्यालयलाई हस्तान्तरण गरिएको अध्यक्ष माबोले जानकारी दिनुभयो ।
 
उहाँले विद्यार्थीहरूका लागि उपलब्ध गराइएको सामाग्रीले विद्यालयमा अध्ययनरत उदयमान खेलाडीको लागि विशेष टेवा पुग्ने विश्वास लिनुभयो । विद्यालयलाई आवश्यक खेलकुदका सामाग्री उपलब्ध गराएको प्रति प्रधानाध्यापक रुकमान थेबेले समेत आभार प्रकट गर्नुभयो । 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १४:०६

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन