तेल्लोक माध्यमिक विद्यालयलाई खेलकुदको सामाग्री प्रदान



ताप्लेजुङ । सिरीजंघा गाउँपालिका ४ तेल्लोकको तेल्लोक माध्यमिक विद्यालयलाई खेलकुदको सामाग्री प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ र समितिका अध्यक्ष गणेश माबोले संयुक्त रुपमा खेलकुदका सामाग्री विद्यालयलाई आज हस्तान्तरण गरिएको हो । 

अध्यक्षका माबोका अनुसार विद्यालयलाई निकासा भलिबल २ थान, फुटबल २ थान, बुद्धिचाल ४ सेट र भलिबलका लागि नेट जाली १ थान प्रदान गरिएको हो । जिल्ला खेलकुदबाट उपलब्ध भएका सामाग्रीमा पुन आफूले केही सामाग्री थप गरि विद्यालयलाई हस्तान्तरण गरिएको अध्यक्ष माबोले जानकारी दिनुभयो ।
 
उहाँले विद्यार्थीहरूका लागि उपलब्ध गराइएको सामाग्रीले विद्यालयमा अध्ययनरत उदयमान खेलाडीको लागि विशेष टेवा पुग्ने विश्वास लिनुभयो । विद्यालयलाई आवश्यक खेलकुदका सामाग्री उपलब्ध गराएको प्रति प्रधानाध्यापक रुकमान थेबेले समेत आभार प्रकट गर्नुभयो । 

प्रकाशित मिति : 2:06 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै