ताप्लेजुङ लिग : ‘ए ’ डिभिजनको उपाधि प्रगतिशील युवा क्लब लिङ्तेपलाई



ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालन भएको जिल्ला लिग अन्तर्गत ‘ए’ डिभिजन तर्फको उपाधि प्रगतिशील युवा क्लब  लिङ्तेपले जितेको छ। चाँगे माविको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा लालीमा युवा क्लब ढुङ्गेसाँघुलाई ३: १ गोल अन्तरले पराजित गर्दै उपाधि प्रगतिशील युवा क्लबले  जितेको हो।

 ‘ए’ डिभिजन लिगको विजेता प्रगतिशीलले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको लालिमाले नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक ताप्लेजुङ जिल्ला फुटबल संघले जनाएको छ ।

जिल्ला लिग अन्तर्गत ‘ए’ डिभिजन अन्र्तगतेको प्रतियोगिता गत जेष्ठ २१ गतेबाट सञ्चालन भएको हो । यसैबीच, ‘ए’ डिभिजनमा रहेका जिल्लाका दुई क्लबहरू ‘बी’ डिभिजनमा घटुवा भएका छन्। 

प्रतियोगितामा लिग चरणको अङ्कतालिकामा सबैभन्दा पुच्छरमा रहेका  २ क्लबहरू मानाभरा युथ स्पोर्टिङ क्लब खेजेनिम र माछापोखरी हिटी क्लब चाँगे ‘बी’ डिभिजनमा घटुवा भएका हुन् । 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १३:४९

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक