ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्ब अनुदान पाउने



ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहले करिब साढे तीन अर्ब रुपियाँ बजेट पाउने भएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ मा अन्तर सरकारी वित्तीय हस्तातरणअन्तर्गत यहाँका स्थानीय तहले तीन अर्ब ४९ करोड ८६ लाख रुपियाँ अनुदान रकम पाउने भएका हुन्।

ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तह रहेका छन्। जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाले एक अर्ब ३८ लाख रुपियाँ अनुदान रकम पाउने भएको छ। यस्तै सिरिजङ्घा गाउँपालिकाले ३७ करोड २८ लाख रुपियाँ, आठराई त्रिवेणी गाउँपालिकाले ३४ करोड ७८ लाख रुपियाँ अनुदान पाउने छ।

त्यस्तै सिदिङ्वा गाउँपालिकाले ३३ करोड १८ लाख रुपियाँ, पाथीभरा याङ्वरक गाउँपालिका ३१ करोड ३७ लाख, फक्ताङ्लुङ गाउँपालिकाले २९ करोड ८३ लाख रुपियाँ अनुदान पाउने भएका छन्।

यसैगरी मेरिङ्देन गाउँपालिकाले २९ करोड १४ लाख, मैवाखोला गाउँपालिका २८ करोड ६९ लाख र मिक्वाखोला गाउँपालिकाले २५ करोड २१ लाख रुपियाँ अनुदान रकम पाउने भएका छन्। gorkhapatraonline.com

प्रकाशित मिति : 12:54 pm

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ लाख बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम