ताप्लेजुङमा सम्पन्न भयो सुर्तीजन्य पदार्थ सेवनको न्यूनिकरण सम्बन्धी सञ्चार सचेतना कार्यक्रम 



ताप्लेजुङ । सुर्तीजन्य पदार्थ सेवन तथा मद्यपान सेवनको न्यूनिकरण सम्बन्धी सञ्चार तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

फुङलिङ नगरपालिका वडा नं. ६ स्थिति रेडक्रसको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सुर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण तथा नियमन, यसको प्रयोगबाट हुने हानी साथै नियन्त्रणका प्रयास बारे फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका, भानु जन मावि र लिटलबुद्ध बोर्डिङका शिक्षक तथा विद्यार्थी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र जनस्वास्थ्यका क्षेत्रका काम गर्ने व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्छन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको पाइन्छ । नेपाल धूमपान गर्ने राष्ट्रहरूमध्ये २२ औं स्थानमा पर्दछ । नेपालमा कूल जनसङ्ख्याको लगभग ३० प्रतिशत मानिसहरूले धूमपान गर्ने गर्छन् । 

सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपानरहित दिवसको स्थापना गरेका थिए । सन् १९८८ अप्रिल ७ मा विश्व धूम्रपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि हरेक वर्षको मे ३१ तारिखलाई विश्व धूम्रपान रहित दिवसको रुपमा मनाउन थालिएको हो । 

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ११:२२

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको