सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको कति ?



काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज सुनको भाउ १ हजार ७०० रुपैयाँ बढेको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै भाउ रेकर्ड बिन्दूमा पुगेको व्यवसायीहरु बताउँछन्।

सरकारले चालु आवको बजेटमार्फत भन्सार दर ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएकामा फेरि भन्सार ५ प्रतिशत वृद्धि गरेको हो।

आज छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ बिहीबार १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३४२.६८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९१ पैसामा कारोबार भइरहेको छ।

प्रकाशित मिति : 6:01 am

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ लाख बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम