दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक कञ्चनजङ्घा पुगे



ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका हुन् ।

एक आर्थिक वर्षमा कञ्चनजङ्घा हिमाल क्षेत्रमा दुई याममा पर्यटक आउने गरेका छन् । असोज, कात्तिक र मङ्सिर गरी तीन महिनाको समय पहिलो याममा पर्दछ । त्यस्तै चैत, वैशाख र जेठको तेस्रो साताको समय दोस्रो यामभित्र पर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । परिषद्को घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार फ्रान्स, जर्मन, बेलायत, अष्ट्रेयालियालगायतका राष्ट्रबाट कञ्चनजङ्घा क्षेत्रमा बढी पर्यटक आएका छन् ।

पर्यटक आगमनमा सुधार हुँदै गएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेका होटल व्यवसायी तथा पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका-६ घुन्साका होटल सञ्चालक पेमा शेर्पाले बताउनुभयो । घुन्सा पर्यटन चोकपोष्ट कार्यालयका अनुसार यस वर्षको पहिलो याममा कञ्चनजङ्घा क्षेत्रमा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको अन्तिम याम अर्थात् दोस्रो याममा दुई सय ७० बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका छन् । आन्तरिक पर्यटकसमेत उत्तिकै सङ्ख्या बराबरले भ्रमण गरेता पनि आन्तरिक पर्यटकको भने अहिलेसम्म अभिलेख राख्ने गरिएको छैन ।

गत वर्ष दुई याममा गरी चार सय ३९ बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठुला ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ(६ ग्याप्लामा सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ । रासस

प्रकाशित मिति : 1:47 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका