फक्ताङलुङ गाउँपालिकाको थिवा खोलामा सडक बन्द हुने



रेडियो काबेली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको थिवा खोलामा दुई दिन सवारी साधन आवतजावत बन्द हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ५ जोड्ने थिवाखोलाको सडक बन्द करिब २ दिनका लागि बन्द रहने गाउँपालिका जनाएको छ ।

निर्माणाधीन तमोर करिडोर अन्तर्गत २ ओथा वडालाई जोड्ने थिवा खोलामा निर्माणको कार्य जारी रहेकाले सवारी साधन आवतजावत बन्द रहने गाउँपालिकाले सूचना मार्फत जनाएको छ । जेठ १७ गते बिहीबार बिहानदेखि १८ गते शुक्रबार बेलुकासम्म दुई दिनका लागि सडक बन्द हुने गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ । 

सडक अवरुद्ध भएतापनि गाडी परिवर्तन गरी यात्रा गर्न सकिने प्रबन्ध मिलाई सोही बमोजिम यात्रा गर्न समेत सम्पूर्ण यातायात व्यवसायी तथा यात्रु महानुभावहरुमा पालिकाले आग्रह गरेको छ । दुई दिनको समयमा निर्माणको कार्य सम्पन्न नभए पुन सडक अवरुद्धको समय लम्बिने पनि जनाइएको छ ।

प्रकाशित मिति : 1:00 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन