फक्ताङलुङ गाउँपालिकाको थिवा खोलामा सडक बन्द हुने



रेडियो काबेली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको थिवा खोलामा दुई दिन सवारी साधन आवतजावत बन्द हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ५ जोड्ने थिवाखोलाको सडक बन्द करिब २ दिनका लागि बन्द रहने गाउँपालिका जनाएको छ ।

निर्माणाधीन तमोर करिडोर अन्तर्गत २ ओथा वडालाई जोड्ने थिवा खोलामा निर्माणको कार्य जारी रहेकाले सवारी साधन आवतजावत बन्द रहने गाउँपालिकाले सूचना मार्फत जनाएको छ । जेठ १७ गते बिहीबार बिहानदेखि १८ गते शुक्रबार बेलुकासम्म दुई दिनका लागि सडक बन्द हुने गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ । 

सडक अवरुद्ध भएतापनि गाडी परिवर्तन गरी यात्रा गर्न सकिने प्रबन्ध मिलाई सोही बमोजिम यात्रा गर्न समेत सम्पूर्ण यातायात व्यवसायी तथा यात्रु महानुभावहरुमा पालिकाले आग्रह गरेको छ । दुई दिनको समयमा निर्माणको कार्य सम्पन्न नभए पुन सडक अवरुद्धको समय लम्बिने पनि जनाइएको छ ।

प्रकाशित मिति : 1:00 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका