सदस्यता सम्बन्धीको निर्णयमा प्रेस चौतारी र युनियन ताप्लेजुङको आपत्ती, चरणबद्ध आन्दोलनमा जाने चेतावनी



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले केन्द्रीय समितिले पत्रकारिता क्षेत्रमा क्रियाशील नभएकाहरूलाई सदस्यता दिलाउने तथा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारको नामावली हटाएको भन्दै प्रेस चौतारी नेपाल ताप्लेजुङले आपत्ती जनाएको छ । प्रेस चौतारीका जिल्ला उपाध्यक्ष मदन गौतम र सह सचिव गंगा लिङ्खिमले सोमवार विज्ञप्ति जारी गर्दै सक्रिय पत्रकारलाई हटाएर अहिले सम्म पत्रकारिता क्षेत्रमा नरहेकालाई सदस्यता दिएको भन्दै आपत्ति जनाएको हो । 

सार्वजनिक भएको सूचीमा आफ्नो सङ्गठनलाई विश्वास नलागेको भन्दै शुद्धिकरणका नाममा सक्रिय पत्रकार माथि कैंची चलाएर पत्रकारिता क्षेत्रमा नभएकालाई सदस्यता दिनु बदनियतपूर्वक, पूर्वाग्रही र प्रतिशोधको रुपमा अ‍ैँल्याएको छ । 

प्रेस चौतारीले सार्वजनिक भएको सूची सही हो भने त्यो कार्य गलत भएको निष्कर्ष सहित उक्त सूची तत्काल सच्याउन र अन्यथा उक्त कदमको विरोधमा चरणबद्ध आन्दोलनमा जाने घोषणा समेत गरेको छ । पत्रकार महासङ्घको सदस्यता सम्बन्धी निर्णयमा पत्रकार महासङ्घको केन्द्रीय समिति पूर्वाग्रही बनेको बताएको छ ।

यस्तै प्रेस युनियन ताप्लेजुङले पनि उक्त प्रकाशन भएको शुचि प्रति असहमति जनाएको छ । प्रेस युनियन जिल्ला शाखा ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै असहमति जनाएको हो । 

सदस्यता शुद्धिकरण सम्बन्धमा विधिवत रूपले संस्थाको आन्तरिक छलफल र पत्रकार महासङ्घको अगुवाइमा भएको अन्य केही संगठनहरू बिचको छलफल पछि पत्रकार महासङ्घको आपसी समझदारी अनुसार नेपाल पत्रकार महासंघ जिल्ला र प्रदेशले सिफारिस गरिसकेको क्रियासित प्रेस युनियनमा आवद्ध २ जना पत्रकारको नाम प्रकाशित सूचीबाट हटाइएको भन्दै प्रेस युनियन जिल्ला अध्यक्ष सन्तोष पुर्कुटीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत असहमति जनाएको छ । 

उक्त निर्णय पत्रकार महांघले तुरुन्त सच्याउनु पर्ने माग गर्दै यदि उक्त विषयलाई बेवास्ता गरे महासङ्घको निर्वाचनका कुनै पनि गतिविधि अघि बढ्न नदिने चेतावनी सहित शृङखलाबद्ध कार्यालयमा तालाबन्दी सहितको विरोध कार्यक्रमलाई अघि बढाउने उक्त विज्ञप्ति मार्फत जनाएको छ । 

प्रकाशित मिति : 1:57 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका