ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरियो



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरिएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी सहायक निरीक्षक रोहित फागोको नेतृत्वमा खटेको प्रहरीको टोलिले शुक्रबार गाँजा फडानी गरी नष्ट गरेको हो ।

फुङलिङ नगरपालिका ३ मेदिबुङस्थित पदमलाल भारतीको जग्गामा रहेको गाँजाको बगान फडानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमलकुमार लङ्गेलीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार भारतीको अन्दाजी ६ आना जग्गामा रहेको करिब ४० बोट गाँजा फडानी गरि नष्ट गरिएको छ । फाँडिएको गाँजाको बोटलाई आगोमा जलाएर पुर्ण रुपमा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवा पुस्तामा गाँजाको प्रयोगलाई न्युनिकरण गर्नका लागि बगान नष्ट पारिएको हो ।

नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश भएपनि लागू औषधमा पर्ने भएकाले प्रहरीले यसलाई नष्ट गर्ने अभियान नै जारी राखेको छ । गाँजाको सदुपयोग भन्दा धेरै दुरुपयोग गरिएको हुनाले नेपालमा गाँजा खेतीलाई प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : 1:38 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका