शान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई ट्रयाक सुट र झोला वितरण



ताप्लेजुङ । फुङलिङ नगरपालिका २ स्थित शान्ति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट तथा झोला वितरण गरिएको छ ।

फुङलिङ नगरपालिका ४ घर भई हाल विर्तामोडमा बस्दै आउनु भएका व्यवसायी रोशन अग्रवाल र फुङलिङ नगरपालिका ६ घर भई हाल युकेमा बस्दै आउनु भएका समाजसेवी जगत गुरुङले उपलब्ध गराउनु भएको ट्रयाक सुट तथा झोला संयुक्त रुपमा विद्यार्थीहरुलाई शुक्रबार प्रदान गरिएको हो ।

व्यवसायी अग्रवाल र समाजेवी गुरुङले करिब १ लाख १५ हजार रुपैयाँ बराबरको विद्यालय समयमा लगाईने ट्रयाक सुट र पुस्तक बोक्ने झोला विद्यालयलाई उपलब्ध गराउनु भएको प्रध्यानाध्यापक खगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाल कक्षादेखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि सामाग्री उपलब्ध गराउनुभएको बिद्यालयले जनाएको छ ।

व्यवसायी अग्रवालले ८५ हजार रुपैयाँ बराबरको १ सय सेट ट्रयाक सुट र गुरुङले ३० हजार रुपैयाँ बराबरको झोला विद्यालयलाई उपलब्ध गराउनुभएको प्रध्यानाध्यापक कार्कीको भनाई छ ।

समाजसेवीद्वयले उपलब्ध गराएको सामाग्री फुङलिङ नगरपालिका ६ का वडाध्यक्ष मदन गुरुङ तेज, २ नं. वडाका वडाध्यक्ष मोहन न्यौपाने, बालमन्दिर आधारभुत बिद्यालयका प्रध्यानाध्यापक धर्म पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ भट्टराई, व्यवसायी तथा २ नं. वडाका भुत पुर्व वडाध्यक्ष खड्कबहादुर मोक्तान, शिक्षक लगायतको उपस्थितिमा बितरण गरिएको छ ।

बिद्यालयमा हाल ८० जना बिद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित मिति : 1:04 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा