लागु औषध खैरो हिरोईन सहित फुङलिङबाट २ जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका ७ का ४८ वर्षीय प्रेमकुमार गुरुङ र फुङलिङ १ का चन्द्रबहादुर लिम्बु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीका अनुसार गुरुङलाई बिहीबार दिउँसो लागु औषध खैरो हिरोइन जस्तो देखिन पदार्थ ०.१६ ग्राम र नगद ३७ हजार ६ सय रुपैँया सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा उनको साथबाट फेला पारिएको पदार्थ चन्द्र लिम्बूबाट खरिद गरेको पाइएकोले लिम्बूलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ । लिम्बुको साथबाट नगद ३ हजार ६ सय ३० रुपैयाँ र १ थान मोबाईल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धानलाई जारी राखिएको छ ।

प्रकाशित मिति : 12:59 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा