फुरुम्बूमा युवतीलाई करणी गर्न खोजी फरार रहेका तामाङ पशु करणी गर्दै गरेको अवस्थामा फेला



ताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका १० फुरुम्बूका २९ वर्षीय बिक्रम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङले बुधबार साँझ ५ बजे विद्यालयबाट घर फर्किदै गरेको अन्दाजी १६ वर्षीय युवतीलाई जवरजस्ती करणी गर्न खोजेको अभियोगिमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ । जवरजस्ती करणी गर्न खोज्दा युवतीले हारगुहार गरेपछि नजिकका स्थानीय घट्नास्थलतर्फ पुग्न साथ तामाङ फरार भएका थिए ।

फरार रहेका तामाङलाई खोजी गर्ने क्रममा बुधबार साँझ साढे ६ बजे गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेलापारी प्रहरीलाई बुझाएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जवरजस्ती करणी उद्योग र पशु करणी कसुरमा अदालतबाट हिरासतमा राख्ने ७ दिने म्याद लिई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12:54 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा