मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकको पोल्टामा 



ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सालको अवसरमा सञ्चालन भएको चौथो अन्तरपालिका स्तरीय मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले हात पारेको छ । आज सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगितामा सिदिङ्वा गाउँपालिकालाई ३–१ ले पछि पार्दै याङवरक गाउँपालिकाले उपाधि हात पारेको हो । 

गत जेठ ३ गते देखि सञ्चालित  प्रतियोगिताको विजेताले नगद २ लाख ७५ हजार १ सय सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  उपविजेता सिदिङ्वा गाउँपालिकाले नगद १ लाख ४० हजार १ सय रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक तथा फुङ्लिङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष छितिज सुनुवारले जानकारी दिनुभएको छ ।  

यस्तै सेमिफाइनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले समान ४५–४५ हजार रुपैयाँ पाएका छन् ।  ‘स्थानीय अर्ग्यानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको पर्यटन महोत्सवको आज अन्तिम दिन रहेको छ । 

प्रकाशित मिति : 11:27 am

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम