मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकको पोल्टामा 



ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सालको अवसरमा सञ्चालन भएको चौथो अन्तरपालिका स्तरीय मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले हात पारेको छ । आज सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगितामा सिदिङ्वा गाउँपालिकालाई ३–१ ले पछि पार्दै याङवरक गाउँपालिकाले उपाधि हात पारेको हो । 

गत जेठ ३ गते देखि सञ्चालित  प्रतियोगिताको विजेताले नगद २ लाख ७५ हजार १ सय सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  उपविजेता सिदिङ्वा गाउँपालिकाले नगद १ लाख ४० हजार १ सय रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक तथा फुङ्लिङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष छितिज सुनुवारले जानकारी दिनुभएको छ ।  

यस्तै सेमिफाइनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले समान ४५–४५ हजार रुपैयाँ पाएका छन् ।  ‘स्थानीय अर्ग्यानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको पर्यटन महोत्सवको आज अन्तिम दिन रहेको छ । 

प्रकाशित मिति : 11:27 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज