ताप्लेजुङ पर्यटन महोत्सव : महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम भए सुनसरी रोकाय



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालन भएको महिला हाफ म्याराथनको प्रथम सुनसरी रोकाय हुनु भएको छ । आर्मी क्लबका सुनसरी रोकायले ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनु भएको हो ।

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको उक्त महोत्सवको अवसरमा खुल्ला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

उक्त प्रतियोगिताका लागि फुङलिङ नगरपालिका वडा नं. ६ टुक्रे देखि तल्लो फेदी काफ्ले पार्टी पुगी पुन फर्की हुलाक कार्यलय छेउ कार्यक्रम सञ्चालन भएको स्थान सम्मलाई दूरी निर्धारण गरिएको थियो ।

त्यस्तै फुङलिङ नगरपालिका ६ का कुमारी गुरुङ दोस्रो हुनु भएको छ । उहाँले ४ घण्टा २२ मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभएको हो । मैवाखोला गाउँपालिकाका विनिता तामाङ तेस्रो हुनुभएको छ भने, मिक्वाखोलाका पेम्बालामू शेर्पा चौथो हुनुभएको छ । 

मैवाखोला गाउँपालिकाका सोमपाल्मू शेर्पा पाचौँ हुनुभएको छ । उहाँ यस आगाडि भएको प्रतियोगितामा प्रथम हुनुभएको थियो । प्रतियोगिताको विजेता र उपविजेताले  क्रमश ८१ हजार १ सय ११, र ५१ हजार १ सय ११ प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै तृतीय हुनेले ३१ हजार १ सय ११ रुपैयाँ पाउने छ ।

 सहभागी प्रतियोगी मध्ये उत्कृष्ट  १०औं स्थान सम्म आइपुग्ने प्रतियोगीहरूले समान ५ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ४७ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ०५:३४

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना