ताप्लेजुङ पर्यटन महोत्सव : महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम भए सुनसरी रोकाय



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालन भएको महिला हाफ म्याराथनको प्रथम सुनसरी रोकाय हुनु भएको छ । आर्मी क्लबका सुनसरी रोकायले ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनु भएको हो ।

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको उक्त महोत्सवको अवसरमा खुल्ला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

उक्त प्रतियोगिताका लागि फुङलिङ नगरपालिका वडा नं. ६ टुक्रे देखि तल्लो फेदी काफ्ले पार्टी पुगी पुन फर्की हुलाक कार्यलय छेउ कार्यक्रम सञ्चालन भएको स्थान सम्मलाई दूरी निर्धारण गरिएको थियो ।

त्यस्तै फुङलिङ नगरपालिका ६ का कुमारी गुरुङ दोस्रो हुनु भएको छ । उहाँले ४ घण्टा २२ मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभएको हो । मैवाखोला गाउँपालिकाका विनिता तामाङ तेस्रो हुनुभएको छ भने, मिक्वाखोलाका पेम्बालामू शेर्पा चौथो हुनुभएको छ । 

मैवाखोला गाउँपालिकाका सोमपाल्मू शेर्पा पाचौँ हुनुभएको छ । उहाँ यस आगाडि भएको प्रतियोगितामा प्रथम हुनुभएको थियो । प्रतियोगिताको विजेता र उपविजेताले  क्रमश ८१ हजार १ सय ११, र ५१ हजार १ सय ११ प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै तृतीय हुनेले ३१ हजार १ सय ११ रुपैयाँ पाउने छ ।

 सहभागी प्रतियोगी मध्ये उत्कृष्ट  १०औं स्थान सम्म आइपुग्ने प्रतियोगीहरूले समान ५ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ४७ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो 

प्रकाशित मिति : 5:34 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश