सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार नजिक



सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ शुक्रवार तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँमा झरेको थियो । शुक्रवारको भाउमा आज तोलामा एक हजार छ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक सय १० रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 8:30 am

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई