डोको क्यारी रन प्रतियोगितामा प्रथम भए फक्ताङ्लुङका छत्र कार्की



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ मा डोको क्यारी रन प्रतियोगिता (पुरुष) को उपाधि छत्र कार्कीले हात पार्नु भएको छ । 

आज सम्पन्न भएको तेस्रो ताप्लेजुङ औद्योगिक कृषि प्रदर्शनी मेला अन्तरगत पर्ने उक्त प्रतियोगिता फक्ताङलुङ गाउँपालिकाका छत्र कार्की प्रथम हुनु भएको हो । उहाँले एक घण्टा १५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम हुनुभएको छ । 

यस्तै फिदिम नगरपालिका १४ पाँचथरका विशाल राई दोस्रो हुनुभएको छ । उहाँले १ घण्टा १९ सेकेन्डमा निर्धारित दूरी पार गर्नु भएको छ भने, तेस्रो मिक्वाखोला गाउँपालिका ३ का मिङ्मा शेर्पा विचारी हुनु भएको छ । उहाँले १ घण्टा २० सेकेन्डमा निर्धारित दूरी पार गर्नु भएको छ । 

साथै फक्ताङलुङ गाउँपालिकाका सन्च बहादुर शेर्पा चौथो र मिक्वाखोला गाउँपालिकाका फुरलाक्पा शेर्पा पाँचौ हुनु भएको छ । मैवाखोला गाउँपालिकाका वाङगेल शेर्पा छैटौँ र फुङलिङ नगरपालिका ३ का दिपेन्द्र सुजी सातौँ हुनुभएको छ । 

आठौँ, नबौँ र दशौँमा क्रमश मैवाखोला ६ का अमिर लिम्बू, मैवाखोला ५ का लाक्पा नुपु शेर्पा र मैवाखोलाकै आस कुमार लिम्बू हुनु भएको छ । प्रतियोगिताको प्रथम हुनेले नगद ३० हजार रुपैयाँ पाउने छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा चौथो, पाँचौ, छैटौँ, सातौँ, आठौँ, नबौँ र दशौँ हुने सहभागीहरूले पनि जनही १ हजार रुपैयाँ पाउने छन् । 

प्रतियोगितामा जम्मा २३ जनाले नाम दर्ता गरे पनि १८ जना धावकको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : 5:16 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि