ताप्लेजुङ पर्यटन महोत्सव :  वक्तृत्वकला प्रतियोगितामा प्रथम भए फक्ताङ्लुङका टेक हाङ 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ मा आज अन्तरपालिकास्तरीय (माध्यमिक तह) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका स्थिति सेवालुङ माविका टेक हाङ लिम्बू प्रथम हुनु भएको छ । ताप्लेजुङमा पर्यटनको सम्भावना र चुनौती शीर्षकमा सम्पन्न भएको उक्त प्रतियोगितामा वक्ता लिम्बूले ७१.३३ प्रतिशत अङ्क प्राप्त गर्दै प्रथम हुनु भएको हो ।

यस्तै द्वितीय र तृतीयमा क्रमश सिरिजङ्घा गाउँपालिकाको सिनाम माविकी लोजी थेवे र फुङ्लिङ नगरपालिकाको भानु माविकी विद्याता पोखरेल हुनुभएको छ । उहाँहरूले ७१ र ६८ अङ्क प्राप्त गरेका छन् । 

प्रतियोगिताको प्रथम लिम्बूले ८ हजार रुपैयाँ पाएका छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै प्रतियोगितामा सहभागि हुने प्रत्येकले जनही ३ हजार रुपैयाँ यातायात खर्च बापत प्राप्त गरेका छन् । 

प्रतियोगितामा ८ वटा गाउँपालिका र १ नगरपालिका गरी ९ वटा स्थानीय तहका विद्यालयहरूले सहभागिता जनाएका थिए । 

प्रकाशित मिति : 1:01 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन