ताप्लेजुङ पर्यटन महोत्सव :  वक्तृत्वकला प्रतियोगितामा प्रथम भए फक्ताङ्लुङका टेक हाङ 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ मा आज अन्तरपालिकास्तरीय (माध्यमिक तह) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका स्थिति सेवालुङ माविका टेक हाङ लिम्बू प्रथम हुनु भएको छ । ताप्लेजुङमा पर्यटनको सम्भावना र चुनौती शीर्षकमा सम्पन्न भएको उक्त प्रतियोगितामा वक्ता लिम्बूले ७१.३३ प्रतिशत अङ्क प्राप्त गर्दै प्रथम हुनु भएको हो ।

यस्तै द्वितीय र तृतीयमा क्रमश सिरिजङ्घा गाउँपालिकाको सिनाम माविकी लोजी थेवे र फुङ्लिङ नगरपालिकाको भानु माविकी विद्याता पोखरेल हुनुभएको छ । उहाँहरूले ७१ र ६८ अङ्क प्राप्त गरेका छन् । 

प्रतियोगिताको प्रथम लिम्बूले ८ हजार रुपैयाँ पाएका छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै प्रतियोगितामा सहभागि हुने प्रत्येकले जनही ३ हजार रुपैयाँ यातायात खर्च बापत प्राप्त गरेका छन् । 

प्रतियोगितामा ८ वटा गाउँपालिका र १ नगरपालिका गरी ९ वटा स्थानीय तहका विद्यालयहरूले सहभागिता जनाएका थिए । 

प्रकाशित मिति : 1:01 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश