ताप्लेजुङमा भएको अनिश्चितकालीन यातायात बन्द फिर्ता



ताप्लेजुङ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता भएको छ । गत बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रवारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेको थियो ।

सङ्घर्षरत समूह मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा अनिश्चितकालीन गरेको यातायात बन्द आजबाट खुलेको हो । मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रने यात्रुले यात्रा गर्न पाएका थिएनन् ।

यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि ठप्प हुँदा स्थानीय यात्रु मारमा परेका थिए । यातायात बन्दले बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवलाई पनि असर पुगेको थियो । पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुने भएपछि सङ्घर्ष समितिहरू सुरुदेखि नै विरोधमा उत्रिएको हो ।

सङ्घर्षरत समूहले आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरेकोभन्दै यातायात बन्द आह्वान गर्दै थप आन्दोलित बनेको हो । केबलकार परियोजना पक्षले सोमबार निर्माण स्थल पाथीभरा क्षेत्रमा रुख कटान गरेको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएको चन्द्र ढकाल नेतृत्वमा रहेको पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार ११:५६

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक