फुङलिङ नगरपालिका-६ का विद्यार्थीहरुले पाए हाउस बुक



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ का विद्यार्थीहरुलाई हाउस बुक प्रदान गरिएको छ ।

वडामा सञ्चालित ३ ओटा विद्यालयको कक्षा १ र २ मा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई एक–एक सेट हाउस बुक प्रदान गरिएको वडाध्यक्ष मदन गुरुङ तेजले जानकारी दिनुभयो । उहाँका अनुसार उमेर अनुसार किताब अत्याधिक बढी भएकाले साना कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई थप अतिरिक्त पुस्तक विरतण गरिएको हो ।

वडाबाटै निर्वाचित जनप्रतिनिधिहरुले आफुले पाउने सेवासुविधा तथा भत्ताबाट खरिद गरि २८ हजार ८ सय ८ रुपैयाँ बराबरको विद्यार्थीहरुलाई पुस्तक दिइएको वडाध्यक्ष गुरुङको भनाई छ ।

घरबाट विद्यालय र विद्यालयबाट घरसम्म आवतजावत गर्दा साना बिद्यार्थीहरुलाई पुस्तक बोक्न समस्या हुने भएकाले थप अतिरिक्त पुस्तक दिइएको हो । साना विद्यार्थीहरुले अतिरिक्त पुस्तक प्राप्त गरेसँगै अब आवतजावतको क्रममा पुस्तक बोकिरहनु पर्ने झन्झट हटेको छ ।

विद्यालयले प्रदान गर्ने पूस्तक विद्यालयमै रहने र जनप्रतिनिधिले प्रदान गरेको पूुस्तक घरमा हुने भएकाले पुस्तक बोक्नुपर्ने झन्झटको अन्त्य भएको वडाध्यक्ष गुरुङले बताउनुभयो । विद्यालयबाट घर र घरबाट विद्यालय जाँदा विद्यार्थीहरुले अब अभ्यास पुस्तिका मात्रै बोक्नुपर्ने गरी सुविधा पाएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ०५:५३

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना