फुङलिङ नगरपालिका-६ का विद्यार्थीहरुले पाए हाउस बुक



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ का विद्यार्थीहरुलाई हाउस बुक प्रदान गरिएको छ ।

वडामा सञ्चालित ३ ओटा विद्यालयको कक्षा १ र २ मा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई एक–एक सेट हाउस बुक प्रदान गरिएको वडाध्यक्ष मदन गुरुङ तेजले जानकारी दिनुभयो । उहाँका अनुसार उमेर अनुसार किताब अत्याधिक बढी भएकाले साना कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई थप अतिरिक्त पुस्तक विरतण गरिएको हो ।

वडाबाटै निर्वाचित जनप्रतिनिधिहरुले आफुले पाउने सेवासुविधा तथा भत्ताबाट खरिद गरि २८ हजार ८ सय ८ रुपैयाँ बराबरको विद्यार्थीहरुलाई पुस्तक दिइएको वडाध्यक्ष गुरुङको भनाई छ ।

घरबाट विद्यालय र विद्यालयबाट घरसम्म आवतजावत गर्दा साना बिद्यार्थीहरुलाई पुस्तक बोक्न समस्या हुने भएकाले थप अतिरिक्त पुस्तक दिइएको हो । साना विद्यार्थीहरुले अतिरिक्त पुस्तक प्राप्त गरेसँगै अब आवतजावतको क्रममा पुस्तक बोकिरहनु पर्ने झन्झट हटेको छ ।

विद्यालयले प्रदान गर्ने पूस्तक विद्यालयमै रहने र जनप्रतिनिधिले प्रदान गरेको पूुस्तक घरमा हुने भएकाले पुस्तक बोक्नुपर्ने झन्झटको अन्त्य भएको वडाध्यक्ष गुरुङले बताउनुभयो । विद्यालयबाट घर र घरबाट विद्यालय जाँदा विद्यार्थीहरुले अब अभ्यास पुस्तिका मात्रै बोक्नुपर्ने गरी सुविधा पाएका छन् ।

प्रकाशित मिति : 5:53 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी