पाथीभरामा वैशाखमा ६८ लाख भेटी सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा वैशाख महिनामा उनान्सत्तरी लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी विवरण अनुसार वैशाख महिनामा कुल ६९ लाख ३२ हजार चार सय रुपियाँ सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम समितिले सङ्कलन गरी सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ ।

ताप्लेजुङस्थित नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा भेटी रकम जम्मा गरिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । पछिल्लो समय समितिले पाथीभरामा सङ्कलन हुने भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : 5:46 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा