यातायात बन्दले जनजीवन प्रभावित



ताप्लेजुङ। मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा गरिएको यातायात बन्दले जनजीवन प्रभावित बनेको छ। बन्दका कारण झापाको चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्ग, तमोर कोरिडोरको मूलघाट–पाँचथर खण्ड र ताप्लेजुङ लगायत आसपासका जिल्लाको समेत जनजीवन प्रभावित बनेको हो।

ताप्लेजुङ जिल्लामा रहेको पवित्र धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा)मा जबरर्जस्त केवलकार निर्माणका लागि वन फडानी गरिएको विरोधमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायत मुक्कुमलुङ संरक्षण अभियानमा सक्रिय विभिन्न संघ–संस्थाले जेठ २ र ३ गते मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात बन्दको आह्वान गरेका हुन्।

बुधबार बिहानैदेखि यातायात सञ्चालन हुन सकेका छैनन्। सवारी साधन सञ्चालन नहुँदा सर्वसाधरणले भने सास्ती खेप्नु परेको छ। मुक्कुमलुङ (पाथीभरा)लाई याक्थुङ (लिम्बू) जातिले पवित्र आस्थाको केन्द्र, शक्तिपुञ्ज एवंम् आध्यात्मिक स्थल मान्दछन्। सो क्षेत्रमा केवलकार निर्माणको बिरोध हुँदै आएको छ। केवलकार निर्माणकै लागि हालै त्यहाँका गुराँस लगायतका रुख काटिएपछि त्यसको बिरोधमा बन्द आह्वान गरिएको हो।

मुक्कुमलुङ (पाथीभारा)को मुन्धुमी महत्वलाई ध्वस्त पार्ने नियतले अगाडि बढाइएको केवलकार निर्माणको खारेजी र राष्ट्रिय फूल लालीगुराँस लगायत सयौं वनस्पती ढाल्ने पक्षले सार्वजनिक रुपमा माफि नमागे आन्दोलनलाई थप सशक्त बनाइने केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १०:१५

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक