वैशाखमा साढे ५१ हजार बढी तीर्थयात्री पुगे पाथीभरा



ताप्लेजुङ । वैशाख महिनाको अवधिमा साढे ५१ हजार बढी तीर्थयात्री मन्दिर दर्शनका लागि पाथीभरा पुगेका छन् । गत वैशाख १ गतेदेखि मसान्तसम्ममा ५१ हजार ८ सय ४ जना दर्शनार्थी देवीको दर्शन गर्न पाथीभरा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

गत साउनदेखि वैशाख मसान्तसम्म २ लाख २० हजार २ सय ७२ जना भक्तजनले मन्दिर दर्शन गरेको समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा बढी चैत्र महिनामा ५२ हजार ४ सय ५५ जना र सबैभन्दा कम साउनमा १ हजार १ सय २२ जना तिर्थयात्री मन्दिर आएका थिए । भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३, कात्तिकमा ४९ हजार १ सय ६३ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ ।

यस्तै मङ्सिरमा २० हजार ४ सय १६ जना, पुषमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १, फागुनमा १७ हजार ९ सय १२ जना तीर्थयात्री आएका हुन् । पाथीभरामा दुई सिजन असोज–कात्तिक र चैत्र–वैशाखमा दर्शन गर्न अत्याधिक मात्रामा देशविदेशबाट तीर्थयात्री आउने गरेका छन् ।

प्रकाशित मिति : 12:57 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन