ताप्लेजुङमा लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् । मेची राजमार्ग स्थित मेवाखा चेक पोस्टमा आवत जावत गर्ने सवारी साधन तथा मानिस चेक गर्ने क्रममा उक्त लागू औषध सहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं. ३ निवासी ३१ वर्षीय सुभाष चन्द्र दाहाल र सोही निवासी २५ वर्षीय योगेश भारती रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सूचना अधिकारी कमल कुमार लुङ्गेलीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार पाँचथरबाट प्र.१-०३-००१ प ३२६१ नम्बरको स्कुटरमा सवार भई उनीहरु ताप्लेजुङ तर्फ आईरहेका थिए । शंका लागेर नियन्त्रणमा लिई खानतलास गर्दा योगेश भारतीको साथबाट लुकाई छिपाई बोकेको अवस्थामा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम फेला परेको छ । 

उक्त लागू औषध जस्तो पदार्थ र स्कुटर बरामद गरी उनीहरूलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 11:29 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका