ताप्लेजुङमा लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् । मेची राजमार्ग स्थित मेवाखा चेक पोस्टमा आवत जावत गर्ने सवारी साधन तथा मानिस चेक गर्ने क्रममा उक्त लागू औषध सहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं. ३ निवासी ३१ वर्षीय सुभाष चन्द्र दाहाल र सोही निवासी २५ वर्षीय योगेश भारती रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सूचना अधिकारी कमल कुमार लुङ्गेलीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार पाँचथरबाट प्र.१-०३-००१ प ३२६१ नम्बरको स्कुटरमा सवार भई उनीहरु ताप्लेजुङ तर्फ आईरहेका थिए । शंका लागेर नियन्त्रणमा लिई खानतलास गर्दा योगेश भारतीको साथबाट लुकाई छिपाई बोकेको अवस्थामा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम फेला परेको छ । 

उक्त लागू औषध जस्तो पदार्थ र स्कुटर बरामद गरी उनीहरूलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 11:29 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन