ताप्लेजुङ पर्यटन महोत्सव : नगर सरसफाइ कार्यक्रम सम्पन्न



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवका लागि तयारी तिव्र गतिमा अगाडि बढाइएको छ । आगामी जेठ ३ देखि ७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवका लागि आज नगर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  

बिहान ७ बजेदेखि तोक्मे डाडाँबाट सुरु भएको नगर सरसफाइ कार्यक्रम पाथिभरा चोक पुगेर समापन भएको छ । सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, नगरवासी बुद्धिजीवी साथै पाथिभरा क्याम्पसका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

जेठ २ गते भित्र महोत्सवका सबै तयारी पुरा गरिने महोत्सव मूल आयोजक समिति सदस्य सचिव देवराज गुरुङले जानकारी दिनुभएको छ  । साथै उहाँले नगर सरसफाइमा उपस्थिति भएका सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । 

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ करिब ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रतियोगिता सँगै साहित्यिक र सांस्कृतिक कार्यक्रम पनि हुने छ । 

साथै, पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ समेत हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा विभिन्न खाद्य परिकारको स्टल प्रदर्शनी हुने छ भने, सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : 4:17 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा