ताप्लेजुङ पर्यटन महोत्सव : नगर सरसफाइ कार्यक्रम सम्पन्न



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवका लागि तयारी तिव्र गतिमा अगाडि बढाइएको छ । आगामी जेठ ३ देखि ७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवका लागि आज नगर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  

बिहान ७ बजेदेखि तोक्मे डाडाँबाट सुरु भएको नगर सरसफाइ कार्यक्रम पाथिभरा चोक पुगेर समापन भएको छ । सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, नगरवासी बुद्धिजीवी साथै पाथिभरा क्याम्पसका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

जेठ २ गते भित्र महोत्सवका सबै तयारी पुरा गरिने महोत्सव मूल आयोजक समिति सदस्य सचिव देवराज गुरुङले जानकारी दिनुभएको छ  । साथै उहाँले नगर सरसफाइमा उपस्थिति भएका सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । 

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ करिब ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रतियोगिता सँगै साहित्यिक र सांस्कृतिक कार्यक्रम पनि हुने छ । 

साथै, पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ समेत हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा विभिन्न खाद्य परिकारको स्टल प्रदर्शनी हुने छ भने, सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : 4:17 am

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला