ताप्लेजुङ पर्यटन महोत्सव : नगर सरसफाइमा भेला हुन आह्वान



ताप्लेजुङ । आगामी जेठ ३ देखि ७ गते सम्म सञ्चालन हुने ताप्लेजुङ पर्यटन महोत्सवका लागि नगर क्षेत्र सरसफाइमा उपस्थितको लागि आह्वान गरिएको छ । बैशाख ३१ गते भोलि बिहान आम नगरवासिहरुमा सरसफाइमा उपस्थित भइदिन  आयोजक समितिले अनुरोध गरेको हो । 

भोलि बिहान ७ बजे तोक्मे डाडाँमा भेला भएर नगर क्षेत्र सरसफाइ गरिने महोत्सव मूल आयोजक समिति सदस्य सचिव देवराज गुरुङले जानकारी दिनुभएको छ  । जेठ २ गते भित्र महोत्सवका सबै तयारी पुरा गरिने आयोजक समितिले जनाएको छ । 

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ करिब ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रतियोगिता सँगै साहित्यिक र सांस्कृतिक कार्यक्रम पनि हुने छ । 

साथै पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ समेत हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा विभिन्न खाद्य परिकारको स्टल प्रदर्शनी हुने छ भने, सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

प्रकाशित मिति : 1:47 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा