ताप्लेजुङ पर्यटन महोत्सव : ६ विधाको प्रतियोगिता हुने 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । आगामी जेठ ३ गतेबाट सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ मा ६ वटा विधाको प्रतियोगिता हुने भएको छ । आज पत्रकार महासङ्घको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त बारे जानकारी गराइएको हो । 

उक्त विधामा पुरुष तथा महिला हाफ म्याराथन, अन्तरपालिकास्तरीय चौथो मेयर कप, डोके क्यारी रन पुरुष, टपरी बुन्ने, डोको बुन्ने र अन्तरपालिकास्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता हुने महोत्सवका संयोजक जिल्ला समन्वय समितिका प्रमूख छिरिङ लामाले जानकारी दिनु भएको छ । 

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ करिब ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा उक्त प्रतियोगिताहरू सञ्चालन हुने मूल आयोजक समारोह समितिका सदस्य सचिव देवराज गुरुङले जानकारी दिनुभयो ।

खुल्ला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता 
संयोजक लामाका अनुसार म्याराथनमा भाग लिने पुरुषले फुङलिङ बजारबाट पाथीभरा र धाबिकाहरुले काफ्लेपाटी पुगेर पुन फुङलिङ बजार आइपुग्नुपर्ने छ । म्याराथनमा पुरुष तर्फ प्रथम हुनेले १ लाख ५१ हजार १ सय ११, द्वितीयले १ लाख ११ हजार १ सय ११ तथा तृतीयले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

महिला तर्फको विजेता र उपविजेतालाई क्रमश ८१ हजार १ सय ११, र ५१ हजार १ सय ११ प्रदान गरिने आयोजकको भनाई छ । त्यस्तै तृतीय हुनेलाई ३१ हजार १ सय ११ रुपैयाँको व्यवस्था गरिएको छ । सहभागी प्रतियोगी मध्ये उत्कृष्ट  १०औं स्थान सम्म आइपुग्ने पुरुष तथा महिला दुवैलाई समान ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

अन्तरपालिकास्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिता
चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताका प्रथम हुनेले नगद २ लाख ७५ हजार १०० सहित कप, मेडल र प्रमाणपत्र पाउने फुङलिङ नगर खेलकुद समिति संयोजक छितिज सुनुवारले जानकारी दिनुभएको छ । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ४० हजार १०० र ४५ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाउने छन् । सुनुवारका अनुसार खेलको सेमिफाइनलिस्ट दुई टिमले पनि नगद ४५ हजार रुपैयाँ पाउने छन् । 

डोको क्यारी रन प्रतियोगिता (पुरुष) 
तेस्रो ताप्लेजुङ औद्योगिक कृषि प्रदर्शनी मेला अन्तरगत पर्ने उक्त प्रतियोगिता मेलाको तेस्रो दिन जेठ ५ गते हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीका अनुसार उक्त प्रतियोगिताको प्रथम हुनेले नगद ३० हजार रुपैयाँ पाउने भएका छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा चौथो, पाँचौ, छैटौँ, सातौँ, आठौँ, नबौँ र दशौँ हुने सहभागीहरूले पनि जनही १ हजार रुपैयाँ पाउने भारतीले बताउनुभयो । 

टपरी बुन्ने प्रतियोगिता 
टपरी बुन्ने प्रतियोगिता मेलाको दोस्रो दिन जेठ ४ गते हुने भएको छ । उक्त प्रतियोगिताको प्रथम हुनेले नगद ३ हजार रुपैयाँ सहित प्रमाणपत्र पाउनेछन् भने, दोस्रो र तेस्रो हुनेले क्रमश २ हजार र १ हजार रुपैयाँ पाउने छन् । यस्तै सहभागी हुने सम्पूर्णले २०० को दले पाउने आयोजक समितिले जनाएको छ । 

डोको बुन्ने प्रतियोगिता
डोको बुन्ने प्रतियोगिताको प्रथमले नगद ७ हजार रुपैयाँ सहित प्रमाणपत्र पाउनेछन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार र १ हजार रुपैयाँ पाउने बताइएको छ । प्रतियोगितामा सहभागी हुने सम्पूर्णले नगद रु पाँच सयको दरले पाउनेछन् । 

अन्तरपालिकास्तरीय (माध्यमिक तह) वक्तृत्वकला प्रतियोगिता 
जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सञ्चालन हुन गइरहेको महोत्सवमा अन्तरपालिकास्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको प्रथम हुनेले ८ हजार रुपैयाँ पाउने छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार र ३ हजार रुपैयाँ पाउने महोत्सव सहसंयोजक तथा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागि हुने प्रत्येकले जनही ३ हजार रुपैयाँको दरले पाउनले उहाँले बताउनुभयो । 

महोत्सवमा साहित्यिक र सांस्कृतिक कार्यक्रम सहित पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ पनि हुने छ । साइकिलिङ भने, अप्रतियोगीतात्मक हुने आयोजक समितिले जनाएको छ । साथै विभिन्न खाद्य परिकारको स्टल प्रदर्शनी समेत हुने छ । 

यस्तै सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकको भनाई छ । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार १४:५९

आदिवासी चलचित्र “चे” को ट्रेलर सार्वजनिक

काठमाडौ । आदिवासी चलचित्र ुचेुको ट्रेलर सार्वजनिक भएको छ ।

शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्दै

ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे

अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिता कुमारी गुरुङ भइन् महिला तर्फको प्रथम 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन

डा. चित्र मावोको नाटक ‘मुक्कुमलुङ’ शिल्पीमा मञ्चन (तस्विरमा)

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गते बुधबारदेखि