संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई



नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई नै फाइदा नहुने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारककर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले कांग्रेसले उत्तेजना देखाएर संसद् बैठक अवरोध गरेको टिप्पणी गरे ।

उनले फागुन २१ गते राजनीतिक समीकरण बदलिएपछि झड्का लागेर मुर्छित भएको भन्दै नचाहिँदो एक्सन गरेकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न कांग्रेसलाई आग्रह गरे । ‘यदि कांग्रेसले सदन चल्न दिँदै दिँदैन भने सरकारसँग नीति कार्यक्रम र बजेट ल्याउने अनेक विकल्प हुन्छ । तर हामी त्यो बाटो जान चाहँदैनौ’, भट्टराईले भने,‘हामी संसद्‌बाटै सबै कुराको निरूपण होस् भन्ने चाहन्छौ ।’

उनले कांग्रेसका सांसद गगन थापाले शुक्रबार पार्टीहरूलाई तोडफोड गर्ने भनेर सरकारलक्षित गरेको टिप्पणीको विरोध गरे । ‘दलहरू तोडफोड गरेर उथलपुथल गर्ने कामहरू कति बाँकी छन् भनेर सोध्न चाहान्थें’ थापाले बैठकमा भनेका थिए ।

उनले भने, ‘हिजो २० प्रतिशतको प्रावधान राखेर एमालेलाई विभाजन गर्ने अध्यादेश उहाँहरूले ल्याउनुभयो । उहाँहरूको कुरा के थियो ? स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएर हाम्रो पार्टी फुटाएको होइन ?’

प्रकाशित मिति : 1:39 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान