ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु ८ घाईते




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । मृत्यु हुनेमा डुम्रिसेका किरण तामाङका छोरा ९ वर्षिय मानस तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार बिहान काबेली खोलाबाट माकोजातर्फ जाँदै गरेको प्रदेश १–०१–००१त ९०६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको हो । घाईते भएका अन्य ८ जनाको डुम्रिसे स्वास्थ्य चौकीमा उपचारका लागि लगिएकोे छ । चालक फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 7:42 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका